महिलालाई जंगलमा लगे, कुटपिट गरे अनि भागे सन्तबहादुर

पाेखरा | साउन ८, २०८०

महिलालाई जंगलमा लगे, कुटपिट गरे अनि भागे सन्तबहादुर

पोखरा:    कास्की प्रहरीले एक जनालाई महिलालाई कुटपिट गरेको आरापमा पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा धादिङ बेनीघाट रोराङ गाउँपालिका १० डुंगेका २५ वर्षीय दिपेन गुरुङ भनिने सन्त बहादुर मगर रहेका छन् ।

 

उनले गत जेठ ५ गते राती करिब १० बजे पोखरा महानगरपालिका १८ गुफाडाँडा स्थित झाँडीमा एक महिलालाई गम्भीर घाइते हुनेगरी कुटपिट गरी फरार थिए ।

 

फरार रहेका सन्तबहादुरलाई नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्कीको सहकार्यमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले आफ्नै घरबाट आइतबार पक्राउ गरेको हो ।

 

कास्की प्रहरीका प्रवक्ता तथा डिएसपी श्रवण कुमार बिकका अनुसार सन्तबहादुरले महिलाको ४ हजार मोवाइल लुटेर फलामको हथौडा तथा धारिलो हतियार चक्कुसमेत प्रहार गरेका थिए । त्यसपछि ति महिलालाई झाँडीमा फालेर फरार थिए ।

 

पक्राउ परेका सन्तबहादुरलाई कास्की जिल्ला अदालतबाट कुटपिट वा अंगभंग सम्बन्धी कसुर मुद्दामा ७ दिन म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।
 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।   चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...

थप पढ्नुहोस्

फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ।   तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो।   ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...

थप पढ्नुहोस्

पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ ।   पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

थप पढ्नुहोस्